वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल

<p>काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार दाहाललाई नियुक्त गरिएको छ । यातायात विभागका पूर्व महानिर्देशक तथा राष्ट्रिय सूचना आयोगका सहसचिव दाहाललाई वैदेशिक रोजगार विभागमा नियुक्त गरिएको हो । विभागका निवर्तमान महानिर्देशक भीष्मकुमार भुसाल १० महिनाको कार्यकाल लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएसँगै दाहाललाई विभागमा ल्याइएको हो । विभागको महानिर्देशक पदमा दाहाल नियुक्त भएसँगै [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार दाहाललाई नियुक्त गरिएको छ । यातायात विभागका पूर्व महानिर्देशक तथा राष्ट्रिय सूचना आयोगका सहसचिव दाहाललाई वैदेशिक रोजगार विभागमा नियुक्त गरिएको हो ।

विभागका निवर्तमान महानिर्देशक भीष्मकुमार भुसाल १० महिनाको कार्यकाल लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएसँगै दाहाललाई विभागमा ल्याइएको हो ।

विभागको महानिर्देशक पदमा दाहाल नियुक्त भएसँगै वैदेशिक रोजगारीको क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै निवर्तमान महानिर्देशक डा. भुसालले यस क्षेत्रमा धेरै चुनौती बताए ।

वैदेशिक रोजगार विभागका २० औं महानिर्देशक दाहाल आइतबारदेखि कार्यालय आउने भन्दै हाल आफू राष्ट्रिय सूचना आयोगमा नै रहेको जानकारी दिएका छन् ।

Share News