काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधन पैठारी सहज गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुराेध गरेका छन् । अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आईपरेको भन्दै मन्त्रालयलाई उक्त अनुराेध गरेका हुन् ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदसीय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग सोमबार भेटवार्ता भएकाे छ । उक्त भेटमा सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले सवारी साधन पैठारीबारे थप स्पष्ट पारेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ड अर्यालले यसबारे केही दिन भित्रै नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताए ।