टेलिकम शताब्दी वर्ष मनाउने तयारीमा, कर्मचारी युनियन विरोधमा

<p>काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो सयौँ वार्षिक उत्सव मनाउँने तयारी तामझामका साथ गरिरहेको छ । यही बेला टेलिकमकै कर्मचारी युनियन (एनटीसीडब्लुयू) भने नाराबाजीमा उत्रिएको छ । टेलिमकले आफ्नो एक शताब्दीको उत्सव मनाउने अन्तिम तयारीमा जुटदा कर्मचारी युनियन भने खिन्न देखिएको हो । आईतबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा ठूलै खैलाबैला सुन्न सकिन्थ्यो । [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो सयौँ वार्षिक उत्सव मनाउँने तयारी तामझामका साथ गरिरहेको छ । यही बेला टेलिकमकै कर्मचारी युनियन (एनटीसीडब्लुयू) भने नाराबाजीमा उत्रिएको छ ।

टेलिमकले आफ्नो एक शताब्दीको उत्सव मनाउने अन्तिम तयारीमा जुटदा कर्मचारी युनियन भने खिन्न देखिएको हो ।

आईतबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा ठूलै खैलाबैला सुन्न सकिन्थ्यो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यालय अगाडी युनिएनका कर्मचारीहरु भेला भएर आफ्नो माग प्रस्तुत गरे । युनियनमा करिब २ कर्मचारी छन् ।

कर्मचारीको हक हित रक्षा र नेपाल टेलिकमको भलाईका लागि आफूहरु आन्दोलित भएका युनियनका महासचिव राजेन्द्र जोशीले बताए ।

‘संस्थागत सुधारको लागि हामीले आवश्यक कुराहरु सुनुवाई होस भन्दै खबरदारी गर्न चाहेका हौँ,’ महासचिव जोशीले बिकासन्युजसँग भने ।

यस्तो छ कर्मचारी युनियनको माग

फोरजी लाइट, एफटीटीएच, जस्ता आयोजनाहरु कम्पनीले लिएको लक्ष्य अनुरुप लागत मुल्य नबढ्ने गरी समयसीमा भित्र सम्पन्न गर्नुपर्ने युनियनको माग छ ।

यस्तै, घट्दो राजस्व दरलाई रोकी यसको वृद्धि गर्न ठोस कार्यक्रम ल्याउनु पर्ने पनि युनियनको माग छ ।

हचुवाको भरमा तोकिएको जिएसएम सेवाको नवीकरण शुल्कलाई नीति बनाएर वैज्ञानिक ढंगले लागू गर्नुपर्ने, आयोजनाहरुको थर्ड पार्टी इभ्यालुयसन गरिनु पर्ने माग गरिएको छ ।

कर्मचारी भर्ना गर्दा विज्ञापन खुलाई वृत्ति विकासको सुनिश्चितता गर्नुपर्ने, सेयर बिहीन कर्मचारीहरुको लागि सेयर उपलब्ध गराउनु पर्ने, पेन्सन बिहीन कर्मचारीको लागि पेन्सन सुविधाको व्यवस्था गर्नुपर्ने, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सीबीए) र बोर्डमा कर्मचारी प्रतिनिधिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने पनि युनियनको माग छ ।

युनियनले अवधि पुग्ने कर्मचारीहरुको विशेष बढुवाको अविलम्ब निर्णय गर्न, संशोधन प्रक्रियामा रहेको कर्मचारी विनियमावली स्थापित भएको वृत्ति विकास, सेवा सुविधा तथा ट्रेड युनियन अधिकार कायम गर्दै कम्पनीको समृद्धि एवम् कर्मचारीहरु प्रोत्साहित हुने गरी लागू गर्नुपर्ने, सावधिक जीवन बीमाको सीमा बढाउनु पर्ने लगायतका माग युनियनको छ ।

Share News