काठमाडाैं । धेरै विद्यार्थीहरुको चाहना हुन्छ विदेशको राम्रो विश्वविद्यालयमा अध्ययन गरेर डिग्री हासिल गर्ने । तर, विदेशका राम्रा विश्वविद्यालयहरुमा अध्ययन खर्च निकै महंगो पर्छ । त्यसैले हत्तपत्त पैसा तिरेर विदेशका राम्रा विश्वविद्यालयहरुमा अध्ययनको आँट गर्न सकिदैन ।
विदेशका राम्रा विश्वविद्यालयहरु आफैले पनि छात्रवृतिको व्यवस्था गर्छन् । यस्तै, कतिपय बहुराष्ट्रिय र राम्रा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत पनि राम्रा र स्थापित विश्वविद्यालयहरुमा छात्राबृत्तिको व्यवस्था गरिदिएका हुन्छन् ।
यस्तै कार्यक्रम अन्तरगत अहिले पनि सयौं नेपाली विद्यार्थी पूर्णरुपमा छात्रवृत्ति पाएर विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् । तपाईले पनि राम्रोसँग अध्ययन गरेर यस्ता छात्रवृत्तिको लागि आवेदन दिनुहुन्छ भने तपाई पनि विदेशमा छात्राबृत्ति पाउने सम्भावना रहन्छ ।
१. चिभिनिङ्ग छात्रवृत्ति
यो बेलायत सरकारले प्रदान गर्ने छात्रवृत्ति हो । यो छात्रवृत्ति नेपाललगायत विश्वका १ सय ६० भन्दा बढी देशका विद्यार्थीलाई प्रदान गरिन्छ । यो छात्रवृति अन्तगर्त विद्यार्थीलाई बस्न, पढाई खर्च, हवाई भाँडाहरु सबैको व्यवस्था हुन्छ ।
यो छात्राबृत्ति प्राप्त गर्नको लागि तपाईले प्राप्त गरेको छात्रवृत्तिको समय समाप्त भएपछि कम्तिमा पनि २ वर्षको लागि आफ्नो देश फर्कनुपर्छ । कम्तिमा पनि २ वर्षको कार्य अनुभव हुनुपर्छ ।
मास्टर लेभलको कोर्षको लागि विद्यार्थीले ब्याचलर लेभलको सबै किसिमको कोर्ष पुरा गरेको हुनुपर्छ । अंगे्रजी भाषाको सबै आवश्यकता पुरा गरेको हुनुपर्छ । तपाईले रोजेको ३ विश्वविद्यालय मध्ये कम्तिमा पनि एउटाले तपाईलाई बिना कुनै शर्त अफर लेटर पाएको हुनुपर्छ ।
२. अष्ट्रेलियन अवार्ड
अष्ट्रेलियन अवार्ड दीर्घकालिन विकासलाई मध्यनजर गर्दै अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति हो । नेपालको लागि अष्ट्रेलियन अवार्ड आर्थिक विकासको प्राथमिक विकासका कोर्स जस्तै शिक्षा, स्वास्थ्य, लैंगिक समानता, अपांग समावेशिकरण, सामाजिक समावेशीकरण, जलश्रोत व्यवस्थापन क्षेत्रमा मास्टर डिग्री गर्नको लागि प्रदान गरिन्छ ।
यस अवार्डको लागि आवेदन दिनुअघि तपाईले आईईएलटीएस, टोफल, पिटिई जस्ता कोर्स पुरा गरेको हुनुपर्छ ।
३. अपसाला आईपीके छात्रवृत्ति
स्वीडेनको द अपसाला विश्वविद्यालयले यो छात्राबृत्ति प्रदान गर्छ । यस्तो छात्राबृत्ति मास्टर्स कोर्ष गर्नका लागि हो । यो छात्रवृत्तिले विद्यार्थीको ट्युसन फि पुर्ण रुपमा कभर गर्दछ भने यसमा बस्ने खर्चको व्यवस्था भने हुँदैन ।
छात्रवृत्ति पाउने मापदण्ड
विद्यार्थी युरोपियन युनियन राष्ट्र, युरोपियन ईकोनोमिक एरिया राष्ट्र र स्विटजसल्याण्डको हुनुहँुदैन । विद्यार्थीको शैक्षिक योग्यता राम्रो हुनपर्छ ।
अपसाला विश्वविद्यालयको कुनै पनि कोर्स पहिलो प्राथमिकता रुपमा छनोट गरेको अवस्थामा मात्र विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।
४. एरिक ब्लेम्युनिक छात्रवृत्ति
नेदरल्याण्डको युनिभर्सीटी अफ ग्रोनिजेनमा छात्राबृत्ति पाइने हो । यो छात्राबृत्ति मास्टर तहको अध्ययनका लागि हो ।
यो छात्रवृत्ति एक वा दुई वर्षको मास्टर कोर्सको लागि प्रदान गरिन्छ । यस छात्रवृत्तिमा शिक्षण शुल्क, अन्तराष्ट्रिय यात्राको खर्च, कितावहरुको शुल्कको व्यवस्था गरिएको हुन्छ । धेरै संख्यामा विद्यार्थीहरुले संसारभरबाट यस छात्रवृत्तिको लागि आवेदन दिएका हुन्छन् । यद्यपि थोरैलाई मात्र विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्दछ ।
छात्रवृत्तिको लागि योग्य हुन विद्यार्थीको स्नातक तहमा निकै राम्रो अंक ल्याएको हुनुपर्छ । विद्यार्थीको अंगे्रजी बोल्न र लेख्न सक्ने क्षमतम राम्रो हुनपर्छ । विद्यार्थीको स्वास्थ्य स्थित पनि राम्रो हुनुपर्दछ ।
अन्य छात्रवृत्तिहरु
–ब्रिस्टल युनिभर्सिटी थिङ्क बिग स्कलरसिप, बेलायत
–वल्र्ड सिटिजन ट्यालेन्ट स्कलरसिप फर ईन्टरनेसनल स्टुडेन्टस्, नेदरल्याण्ड
–फुलब्राईट फरेन स्टुडेण्ट प्रोग्राम ईन युएसए
–एडिनबर्ग ग्लोबल रिसर्च स्कलरसिप, बेलायत
–गभरमेन्ट अफ फल्यान्डरर्स मास्टर माईण्ड स्कलरसिप फर ईन्टरनेसनल स्टुडेण्टस्, बेल्जियम