काठमाडौं । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले राष्ट्रिय स्तरको ‘नेपाली निबन्ध लेखन प्रतियोगिता’ आयोजना गरेको छ। प्रथम स्मृति दिवसका सन्दर्भमा नेपाल भरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरू सहभागी हुने गरी उक्त निबन्ध प्रतियोगिता गर्ने भएको हो । कार्यक्रम फागुन १५ गते पाेखरामा हुने भएको छ ।
प्रतिष्ठालने सूचना मार्फत विद्यार्थी आफै सहभागी हुन वा क्याम्पसले सहभागीताको लागि सहयोग गरिदिन समेत अनुरोध गरेको छ । निबन्ध पठाउने समय फागुन पहिलो हप्ता सम्म, समय थप गरिएको छ ।