
काठमाडौं । टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यू .टि .एस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ । उक्त मिट गत सोमबार पोखरास्थित होटल बाराहीमा सम्पन्न भएको हो ।
उक्त बैठकमा यू .टि .एस की प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए । उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो ।
ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।