भुकम्पपछि पनि नेपाल सुरक्षित

<p>काठमाडौं, १९ जेठ । अर्जेन्टिनाका प्रख्यात कलाकार जर्ज, फकुन्दो र अरना सहितको सगरमाथा आरोहीको टोलिले नेपाल भुकम्पपछि पनि पहिला जस्तै सुरक्षित रहेको जनाएका छन् । तीन देशका आरोहीहरुले यो सन्देश आ–आफनो देश सहित विश्व सामु पुर्याउन भुमिका खेल्ने बताएका छन् । बुधबार राजधानीमा पत्रकारहरुसँग भएको अन्तक्रियामा अर्जेन्टिनाका प्रख्यात अभिनेता फकुन्दो सहितको अर्जेन्टिना, मलेसिया र क्यानडाका [&hellip;]</p>

Fakundo-3-150x150काठमाडौं, १९ जेठ । अर्जेन्टिनाका प्रख्यात कलाकार जर्ज, फकुन्दो र अरना सहितको सगरमाथा आरोहीको टोलिले नेपाल भुकम्पपछि पनि पहिला जस्तै सुरक्षित रहेको जनाएका छन् । तीन देशका आरोहीहरुले यो सन्देश आ–आफनो देश सहित विश्व सामु पुर्याउन भुमिका खेल्ने बताएका छन् ।

बुधबार राजधानीमा पत्रकारहरुसँग भएको अन्तक्रियामा अर्जेन्टिनाका प्रख्यात अभिनेता फकुन्दो सहितको अर्जेन्टिना, मलेसिया र क्यानडाका ९ जना आरोहीले नेपाल भुकम्पपछि पनि भुकम्पअघिको जस्तै सुरक्षित रहेको अनुभव गरेको बताए । आरोही दलका सदस्यहरुले सगरमाथाको आरोहणका क्रममा नेपालमा रहँदा नेपालको अवस्था सुरक्षित र नेपालीको मनोवल उच्च पाएको भन्दै नेपाल आउन पर्यटकले कुनै पनि सन्देह लिनु नपर्ने सन्देश विश्व सामू फैलाउने विज्ञप्तिले जनाएको छ ।

अर्जेन्टियाली कलारका फकुन्दोले भने “नेपाल सुरक्षित रहेको सन्देश विश्व सामु लैजान र आगामी दिनमा नेपालमा सहयोग गर्न म निकै इच्छुक छु ।” उनले थपे “भुकम्पपछि पनि नेपाल यत्तिको सुरक्षित रहेछ यस्तो अवस्थामा कुनै पनि विदेशी पर्यटक नेपाल आउन असजिलो मान्नु पर्दैन । म यो सन्देश विश्वलाई दिन चाहन्छु ।”

नेपाली कम्पनी ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीका प्रबन्ध निर्देशक गोविन्द गुरुङ्गले फुकन्दो जस्तो प्रख्यात व्यक्तिले नेपालका बारेमा पुर्याउने सकारात्मक सन्देशबाट देशको पर्यटन जगतले निकै फाईदा लिन सक्ने बताए । उनले नेपालबारे सकारात्मक प्रतिक्रिया दिँदा भुकम्पपछि नकारात्मक बनेको नेपालको पर्यटन जगत माथि उठ्न सजिलो हुने छ ।

Share News