गायिका आस्था राउत प्रहरीमा हाजिर

<p>काठमाडाैं । गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित साेमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा [&hellip;]</p>

काठमाडाैं । गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित साेमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।

Share News