भन्सार दिवसमा नाडाले गर्यो करसम्बन्धी प्रशिक्षण कार्यक्रम

<p>काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो । नाडाका अध्यक्ष कृष्ण दुलालले भन्सार कर तथा भिसिटिएस सम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरेको बताए । उनले सातवटै प्रदेशमा संस्थागत [&hellip;]</p>

काठमाडौं । अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले ६८औं भन्सार दिवसको अवसरमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बिहीबार होटेल याक एण्ड यति दरबारमार्गमा सम्पन्न भएको हो ।

नाडाका अध्यक्ष कृष्ण दुलालले भन्सार कर तथा भिसिटिएस सम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरेको बताए ।

उनले सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अघि बढाइने बताउँदै सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताएका छन् ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले काठमाडौंमा १३ वटा कर कार्यालय भए पनि एउटा मात्रै भन्सार कार्यालय भएको बताउँदै भन्सारसँग नागरिकको साक्षात्कार हुन नसकेको उल्लेख गरे । साथै, भन्सारका गतिविधि, कामहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने दाहालले बताए ।

Share News