काठमाडौं । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक परिक्षा दिन पाउने भएका छन् ।
२०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुलाइ अन्तिम पटक परीक्षा दिन पाउने भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डकाे मंगलबार बसेका बैठकले रजिस्ट्रेसन नम्बरको सुरुको दुई अंक ६५ देखि ७१ भएका परिक्षर्थिहरुलाई अन्तिम पटक परिक्षा दिन पाउने निर्णय गरेको हो ।
विभिन्न कारण धेरै मानिसहरुले परीक्षा दिन नपाएर अड्किरहेकाले बार्डले अन्तिम पटक परीक्षादिन पाउने निर्णय गरेको परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
परीक्षा दिन चाहने परिक्षार्थीहरुले आफुले पढेको विद्यालयमा संम्पर्क गरि फारम भर्नु पर्न हुन्छ । फारमको शुल्क ११ र १२ दुबैको लागि ६/६ सय तोकिएको शर्माले बताए ।