आगामी माघ ९ र १० गते ‘विद्यालय शिक्षा’ सम्मेलन गर्दै प्याब्सन

<p>काठमाडौं । आगामी माघ ९ र १० गते प्याब्सनको आयोजनामा ‘विद्यालय शिक्षा’ राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौंस्थित होटल हायत हुने उक्त सम्मेलनमा देशभरीका निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था निजी तथा आवासीय विद्यालयको संगठन नेपाल (प्याब्सन) को आयोजना र सीटीएफ नेपालको सह आयोजनामा सम्मेलन हुनेतय भएको छ । कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री [&hellip;]</p>

काठमाडौं । आगामी माघ ९ र १० गते प्याब्सनको आयोजनामा ‘विद्यालय शिक्षा’ राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौंस्थित होटल हायत हुने उक्त सम्मेलनमा देशभरीका निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था निजी तथा आवासीय विद्यालयको संगठन नेपाल (प्याब्सन) को आयोजना र सीटीएफ नेपालको सह आयोजनामा सम्मेलन हुनेतय भएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले आगामी माघ ९ गते विहान १० बजे गर्नेछन् । उक्त सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको पनि उपस्थित रहनेछ । कार्यक्रममा देश र देश बाहिरका शिक्षा क्षेत्रमा लागेका प्रधानध्यापक, अध्यापक तथा नेतृत्वमा रहेका व्यवस्थापकबीच व्यवस्थापकिय उन्नयनका सत्रको संचालन हुनेछ ।

कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यत्यमिक मूल्यमान्यता, प्रा.डा.वालचन्द्र लईटेल स्टिम एजुकेशन, डा.सुशिल कँडेल विद्यालयका मनोविज्ञान मेदिन लामिछाने, डा.विष्णु कार्की, हेमन्त दाहाल, डा. राजेश टायल, सुशिल उप्रेती, डा. टम रवरसन, डा. लक्ष्मण ज्ञावाली, डा.वटरअर्थ,  डा.हरी लम्साल, पवित्रा लिम्बु र नरबहादुर कार्कीको लगायतको विषयगच प्रस्तुती रहनेछ ।

३ सय जनाको सहभागिता रहने उक्त ‘विद्यालय शिक्षा’ सम्मेलनमा सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रिन्सिपल, संचालक, सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक, शिक्षा नितिमा निर्माण गर्ने कानुन विद्देखि शिक्षा पत्रकारको उपस्थिति रहनेछ ।

Share News