
काठमाडौं । भारतको प्रतिष्ठित कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको बिक्री वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रा.ली.ले ‘भीएक्स-९० ब्याकहोई लोडर’ लाई नेपालमा लञ्च गरेको छ । कम्पनीले निर्माण सामग्री प्रर्दशनी ‘नेपाल ब्युल्डटेक २०२०’को तोश्रो दिन उक्त ‘भीएक्स-९० ब्याकहोई लोडर’ लञ्च गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो ।
एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफअपरेसन तारा थापाले संयुक्त रुपमा उक्त लोडरको लञ्चिङ गरेका हुन् । त्यसै कार्यक्रममा ५ जना ग्राहकलाई ब्याकहोई लोडर (भीएक्स-९०) को चाँबी हस्तान्तरण गरिएकाे कम्पनीले जनाएको छ ।
दुगड महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाका अनुसार ब्याकहोई लोडर (भीएक्स-९०)का विशेषता यस्ता छन्ः

नेपालको बाटो र माटोलाई सुहाउदो यी विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदि कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमताका विशेषता रहेको छ ।
अत्याधुनिक प्रविधि उच्च फिनीसीङ्ग क्षमताको साथमा साना, मझौला तथा फराकिला बाटोमा समय सापेक्ष प्रयोग गर्न सकिने भएकोले कम लागतमा आधुनिक मापदण्डको स्तरमा बाटोहरु निर्माण गरी देशको निर्माण जगतमा क्रान्ति ल्याउने कम्पनीको विश्वास छ । यसैगरी, भीएस-९० ब्याकहोई लोडरले कम लगानीमा बजारमा रहेका अन्य मेसिनभन्दा भन्दा कम ईन्धन खपत गर्ने कम्पनीले जानकारी दिएको छ ।
उक्त ‘नेपाल ब्युल्डटेक २०२०’ को अवसरमा मोटर ग्रेडर (जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखिएको थियो ।