मारुती सुजुकीको ‘डिजायर’: यस्ता विशेषताले बन्यो सेडान सेग्मेन्टको कडा प्रतिद्वन्द्वी

<p>काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले भिएक्सआइको मूल्य ३२ लाख ७९ हजार रुपैयाँ तोकेको छ भने जेडएक्सआइको मूल्य चाहिँ ३६ लाख [&hellip;]</p>

काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले भिएक्सआइको मूल्य ३२ लाख ७९ हजार रुपैयाँ तोकेको छ भने जेडएक्सआइको मूल्य चाहिँ ३६ लाख २९ हजार रुपैयाँ तोकेको छ ।

डिजायर एउटा सवकम्प्याक्ट सेडान कार हो । यस कारको फिचर्सका रुपमा अटो गियर सिफ्ट, रियर एसी भेन्ट्स, स्मार्ट प्ले इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्ट किलेश इन्ट्री, पुस स्टार्ट–स्टप बटन, स्टेयरिङ्ग एड्जस्टमेन्ट, १२ भोल्टको ब्याट्री लगायतका विशेषताहरु रहेका छन् ।

सेफ्टी फिचरहरुको रुपमा चाहिँ यस सेडानका अगाडिका सिटमा दुइओटा एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, चाइल्ड सेफ्टी लक, पावर डोर लक, सिट बेल्ट वार्निङ्ग जस्ता विशेषताहरु रहेका छन् ।

डिजायरमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २२ केएमपीएलको माइलेज दिन्छ ।

५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १६३ मिलिमिटर, बुट स्पेश ३७८ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३७ लिटरको रहेको छ । त्यसैगरी, यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् ।

कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ३० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ ।

Share News