एनएमबि बैंकको धनगढी शाखा स्थानान्तरण

<p>काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन् । “सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन् ।

“सुदूर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो”, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

बैंकले हाल १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

Share News