जोन डियरको नयाँ शोरुम बुटवलमा, एकैदिन २१ थान ट्याक्टर बिक्री

<p>काठमाडौं । एमभी दुगर्ड ग्रुपद्वारा जोन डियरको आधिकारिक विक्रेता विवेक अटो मोबाईल्स प्रा.लिले बुटवलको तिलोतमा खोलेको नयाँ शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राले मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन समारोहकै दिन २१ थान जोन डियर ट्याक्टर उक्त शाखाबाट बिक्री वितरण [&hellip;]</p>

काठमाडौं । एमभी दुगर्ड ग्रुपद्वारा जोन डियरको आधिकारिक विक्रेता विवेक अटो मोबाईल्स प्रा.लिले बुटवलको तिलोतमा खोलेको नयाँ शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको उद्घाटन एम.भि.दुगड ग्रुपका मार्केटिङ्ग हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राले मंगलबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहकै दिन २१ थान जोन डियर ट्याक्टर उक्त शाखाबाट बिक्री वितरण गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा उपहार स्वरुप ग्राहकहरुलाई ३२ इन्च टिभी प्रदान गरिएको छ । यसै कार्यक्रममा अब आउने दिनमा जोन डियर ट्याक्टरको बिक्री नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धताका साथ नेपालको कृषी क्षेत्रमा रहेको उत्पादनको संभावनालाई मैत्रीरुप दिन यो ट्रयाक्टरले नै संभव रहेको यस कम्पनीका रिजनल म्यानेजर लिलाराज वाग्लेले बताए ।

त्यसैगरी समारोहमा मार्केटिङ्ग हेड नन्दकिशोर भट्टले ट्रयाकटर तथा कृषिको दुनियामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रयाकटर, जोन डियर रहेको पनि बताएका छन् ।

यस ट्रयाक्टरमा भ्लेभ+++ टेक्नोलोजी भएकाले अन्य ट्रयाक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने गर्दछ । आकर्षक रंग र डिजाइनले गर्दा यो ट्रयाक्टर अन्यभन्दा फरक देखिन्छ । नेपालमा यसको बिक्री वितरण विवेक अटोमोवाईल्स प्रा.ली.ले गरीरहेको रहेको छ ।

Share News