नेपाली प्राध्यापन गर्नेहरु संगठित, आचार्यको नेतृत्वमा बन्यो समिति

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरुले आफूले प्राध्यापन गर्ने पाठ्यक्रम, शिक्षण विधि, प्रविधिलगायत विषयमा छलफल भएको थियो । साथै, प्राध्यापकहरूले नेपाली भाषा शिक्षण र दोस्रो भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा छलफल, अन्तक्रिया गरी सामूहिक दृष्टिकोण विकासका माध्यमबाट [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरुले आफूले प्राध्यापन गर्ने पाठ्यक्रम, शिक्षण विधि, प्रविधिलगायत विषयमा छलफल भएको थियो ।

साथै, प्राध्यापकहरूले नेपाली भाषा शिक्षण र दोस्रो भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा छलफल, अन्तक्रिया गरी सामूहिक दृष्टिकोण विकासका माध्यमबाट प्राज्ञिक उन्नयनका निम्ति साझा मञ्च निर्माण गरेका छन् । कीर्तिपुरमा भएको विभिन्न क्याम्पसमा नेपाली शिक्षा प्राध्यापनरत शिक्षकहरुको भेलाले प्रा.डा. शर्वराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय नेपाली भाषा शिक्षा समाज तदर्थ समिति निर्माण गरेको छ ।

तदर्थ समितिका अन्य सदस्यहरुमा सानोठिमी क्याम्पस, भक्तपुरका हिमलाल पुरी, भारती अधिकारी, महेन्द्ररत्न क्याम्पस, ताहाचलका डा. दुर्गाप्रसाद दाहाल, रामकुमार राई शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दिनेश घिमिरे, डा. केशव भुसाल, बुटवल बहुमुखी क्याम्पसका डा. नारायणप्रसाद पन्थ रहेका छन् ।

यसैगरी, गोरखा क्याम्पसकी इन्द्रकुमारी देवकोटा, सोलुखुम्बु बहुमुखी क्याम्पसका उद्धवकुमार शर्मा, गणेशमान सिंह बहुमुखी क्याम्पस, काठमाडौँका दीपकबाबु निरौला, सिद्धज्योति क्याम्पस, सिन्धुलीका अर्जुन दाहाल र सुर्खेत क्याम्पसका डा. हर्कबहादुर शाही रहेका छन् ।

Share News