bikash news

०७ चैत्र, शनिबार २०८२

  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो
युनिकोड
bikash news
युनिकोड
  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो

चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै

<p>चितवन । राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्याउने जानकारी दिए । चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको [&hellip;]</p>

विकासन्युज

सोमबार, २८ पुष, २०७६ १०:९:२६

चितवन । राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्याउने जानकारी दिए ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् । ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ ।

दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए । उनका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो ।

नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ । हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ ।

परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ । आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पुर्याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिए। कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताए।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पुर्याउन आग्रह गरे । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिएका छन् ।

Share News

लोकप्रिय

सबै पढ्नुहोस्

२० वर्षमै गाविस सचिव, राष्ट्र बैंकका कान्छा ईडी

मलेसिया जाने सोच थियो, सांसद बने

शर्मा एण्ड कम्पनीले बैंकबाट लियो साढे १५ अर्ब ऋण, आम्दानी ४ अर्ब रुपैयाँ

६८ अर्ब लगानी, शून्य प्रतिफल

अमेरिकाबाट अध्यक्षको राजीनामा, पार्टी र सञ्चालकमाथि संघीन आरोप

सम्बन्धित खबर

डाँकाचोरीको मुद्दामा ११ वर्ष कैद भुक्तान, छुट्नेबित्तिकै पुन : चोरी

ललितपुरको ‘बाइक हस्पिटल’बाट मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

सिरहा बम विस्फोट घटनाः ल फर्ममा काम गर्ने यादव पक्राउ

कांग्रेसको प्रारम्भिक समीक्षा : पराजयको जिम्मा सामूहिक, सभापति थापाको राजीनामा अस्वीकृत

सम्पर्क

  • विकास मिडिया प्रा. लि.
  • बागबजार, काठमाडौं ।
  • दर्ता नं.: सूचना विभाग दर्ता नं. ४७२/०७४-७५
  • फोन नम्बर: ९७७-०१-५३१५८६४

समाचारका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9802020368

विज्ञापनका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9813792874

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe us on youtube Follow us on Instagram Follow us on Tiktok Follow us on Threads

विशेष श्रृंखला

  • विकास नायक
  • प्रतिनिधिसभा निर्वाचन २०८२
  • ट्रेण्ड सेटर उद्यमी
  • अव्बल व्यवस्थापक
  • स्वतन्त्र लेखन प्रतियोगिता
  • चुनावी संग्राम
  • हाम्रो बारेमा
  • विकासन्युज नीति
  • हाम्रो टिम
  • अध्यक्ष/प्रधान सम्पादक : रामकृष्ण पौडेल
  • सम्पादक : सन्तोष रोकाया