
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको कमलाक्षीमा शाखा कार्यालय विस्तार गरेको छ । यो सहित विकास बैंकको शाखा संख्या ९२ वटा पुगेको छ ।
त्यसैगरी विकास बैंकले जनकपुरको जनकपुरधाम, काठमाडौंको गल्कोपाखा, बद्रियाको बाँसगढीमा थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यी शाखा सञ्चालनमा आय पछि बैंकको कुल शाखा संख्या ९५ पुग्नेछ ।
हाल यस विकास बैंकको कुल चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, गत मंसिर मसान्तसम्ममा कुल निक्षेप ३२ अर्ब ९७ करोड संकलन गरी २६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १७.३२ प्रतिशत नगद लाभांस वितरण गर्न गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई सकेको छ भने पुस मसान्तमा सम्पन्न हुन लागेको बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पश्चात उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।