काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पार्सल आएको छ भन्दै ठग्ने विदेशी सहित पाँच जनालाई पक्राउ गरेकाे छ । उनीहरूले ९८०३८०४८५८ बाट फोन गरेर विदेशबाट तपाईका आफन्तले पार्सलमा बहुमुल्य सामानहरु पठाएको छ त्यसको लागि भन्सार तिर्नु पर्ने रकम बैंकमा जम्मा गरिदिनु पर्यो भनेर बैंक नम्बर उपलब्ध गराउने गिरोहका विदेशी नागरिक सहित पाँच जनालाई शुक्रबार सार्वजनिक गरेकाे हाे ।
उक्त नम्बरबाट दैनिक एक दर्जन व्यक्तिलाई पार्सलको बारे लिन आउन फोन गर्ने गरेको पत्ता लागेको छ । सिआइबीले प्रेस बिज्ञप्ति जारी गरि विदेशबाट पार्सल पठाएको छ भन्दै फेसबुक ह्वाटसप, ट्वीटर, इमो लगायतका सामाजिक सञ्जालमा तपाईको आफन्तले पार्सल पठाएको छ भन्दै विदेशी व्यक्तिको नाममा प्रोफाइल तयार पारेर ठगी कार्यमा संलग्न रहेकाहरुलाई सिआइबीले पक्राउ गरेको हो ।
नक्कली प्रोफाइल बनाएर सामाजिक सञ्जालमा साथी बनाई विभिन्न बहुमुल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भनि ईमेलमा विभिन्न बहुमुल्य गरगहना, सामानहरु र डलर सहितको फोटो पठाई झुठो प्रलोभनमा पार्ने गरेको सिआइबीले जनाएको छ ।
निरन्तर संवादपछि सो पार्सल लिएर मेरो मान्छे नेपालमा आउदैछ र सो सामानहरु लिनु भन्ने गरेको त्यसपछि नेपालमा भएको सम्पर्क नंं ९८०३८०४८५८ नंं बाट विदेशी नागरिकले फोन गरि तपाईको सामान मैले लिएर आएको थिए भनेर झुक्याउने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताएका छन् ।
पार्सल बोकेर आएको मान्छे नेपाल आएको र एयरपोर्टमा एक्सरे मेसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनि सम्पर्क गरि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खाता नम्बर उपलब्ध गराई रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेका नेपाली नागरिकहरु सहित विदेशीलाई काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसपी पाण्डेले बताए ।
सिआइबीले नाइजेरियन नागरिक श्रील सिआनसो, आइभरीकोष्टका नागरिक असापे एडजी, चितवनका चन्द्र गैह्रे,काठमाडौ ठमेलका उमेश श्रेष्ठ र चितवनका हरि ओझालाई पक्राउ गरेको हो ।