रुपन्देही मुर्गियामा गरिमा विकास बैंक, पुँजी परिचालन तथा व्यवसायिक विकासमा योगदान पुग्ने

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पुँजी परिचालन तथा व्यवसायिक [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा नयाँ शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पुँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताएका छन् ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने जानकारी दिएका छन् ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पुस १३ गतेसम्म ३७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Share News