काठमाडौं । चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलाई झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन २० करोड पैसा मागेको आरोप लगाएका छन्।
बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीले आफुलाई द्दारिका होटलमा बोलाई २० करोड पैसा मागेको आरोप लगाएका हुन् ।

दुर्गा प्रसाईं
गिरीले आफुलाई मंसिर १५ गते द्दारिका होटलमा बोलाएर पैसा मागेको उनले दाबी गरेका छन् ।
प्रसाईंले आफुले घुस दिन नमान्दा बिएण्डसिको सम्बन्धन्को निवेदन नै रोकेको बताएका छन् ।