नेपाल इन्जिनियरिंग कलेजद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिंग कलेज परिवारको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भएको उक्त कार्यक्रमका क्रममा सरसफाई कार्यक्रम पनि भएको थियो । रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ७९ पोका रगत संकलन भएको छ । नेपाल तरुण दल भक्तपुरका सदस्य, युवा [&hellip;]</p>

काठमाडौं । नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिंग कलेज परिवारको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भएको उक्त कार्यक्रमका क्रममा सरसफाई कार्यक्रम पनि भएको थियो ।

रगतको अभावलाई मध्यनजर गरी कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ७९ पोका रगत संकलन भएको छ ।

नेपाल तरुण दल भक्तपुरका सदस्य, युवा तथा तरुण परिचालन भक्तपुरका संयोजक रिगेन कार्कीलगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share News