
काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले “ट्रिपल ट्वान्टी अफर” अफर ल्याएको छ । ग्राहकहरुका लागि ल्याएको उक्त अफर आगामी पुस २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो नयाँ इन्ट्री-लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार ४ सय रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमा २५० प्लस च्यानलहरु भएको नेट टिभी निःशुल्क पाइनेका साथै जडान शुल्कमा एक हजार रुपैयाँ छुट पाइने भायानेटले जानकारी दिएको छ ।
भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले उक्त “ट्रिपल ट्वान्टी अफर” ल्याएको हो । त्यसैले यस अफर नयाँ ग्राहकको लागि लाभदायक हुने रहेछ ।