काठमाडौ । चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन ज्योति काफ्ले (गल्कोटे बा) र अशोक धिताल (बाहुन डन) ले धुर्मुस–सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गरेका छन् ।
जनस्तरको सहयोग जुटाउदै निर्माणधीन रंगशाला बनाउन नेपाल टेलिभिजनको चर्चित टेलिफिल्म भ्रदगोलका निर्देशकद्धय गल्कोटे बा र बाहुन डनले नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
पर्यटन प्रर्वद्धनसँगै रंगशाला बनाउने महाअभियानस्थलमा नै भद्रगोल युनिटसहित पुगेको टोली टेलिफिल्म समेत छायाकंन गर्दै नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको निर्देशक ज्योति काफ्ले (गल्कोटे बा) ले बताए ।
उनले भने, यत्रो अभियान चलिरहदाँ केही हदसम्म सानो सहयोग र श्रमदानसगैँ अभियानलाई थप सहयोग जुटाउन हामी यहीं आएर सहयोग गरेका हौँ, सानो सहयोग भएपनि यो अभियानलाई थप सहयोग आउने अपेक्षा छ ।
सोही अवसरमा धुमुर्सलाई समेत अभियान गराउदै भद्रगोल टोली एक एपिसोड श्रृखला रगंशाला केन्द्रीत हुने पनि बताएको छ । सोही अवसरमा कुराकानी गर्दै अर्का निर्देशक धितालले भद्रगोलमा थप सशक्तका साथ जनजिवनसगा सरोकार राख्ने विषयमा केन्द्रित हुने प्रतिक्रिया समेत दिए ।
धुमुर्सले भने रंगशाला बनाउने अभियान जो जसले जहाँबाट पनि सहयोग गर्न सक्ने भन्दै कलाकार टोलीहरुको साथले आफुहरुलाई थप हौसला मिलेको बताए । भद्रगोल युनिट आफ्नो नयाँ भाग छायांकनसगैँ झण्डै ३ घण्टा पनि निर्माणस्थलमा श्रमदान पनि गरेको थिए ।