काठमाडौं । डिएभि. कलेजको वातावरण क्लबले बुधबार ललितपुरको बज्रबाराहीमन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।
डिएभिका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको उक्त कार्यक्रमकाे सरसफाइ अभियान बिहान दश बजे शुरु भई दुई बजे सकिएको थियो । कलेजका डाइरेक्टर सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।