ग्लोबल आइएमई बैंकद्धारा आयोजित कार्यक्रममा ४७७ जनाले गरे रक्तदान

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४७७ जनाले रक्तदान गरेका छन् । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले गरी करिब ५०० जनाले रक्तदान गरेका हुन् । साथै, बैंकले रक्तदानका साथै निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आफ्नो केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरेको हो । बैंकको [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ४७७ जनाले रक्तदान गरेका छन् । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले गरी करिब ५०० जनाले रक्तदान गरेका हुन् ।

साथै, बैंकले रक्तदानका साथै निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आफ्नो केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरेको हो । बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका हुन् ।

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उपत्यका बाहिर प्रदेश नं. १ को बिराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गतेदेखि एक महिनासम्म विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गर्दैछ ।

Share News