नेविकोले पोखराबाट बिक्री शुरु गर्यो आफ्नो नयाँ उत्पादन

<p>काठमाडौं । नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी नेविको प्रा.लि.ले पोखराबाट नयाँ उत्पादनकाे बिक्री शुरु गरेको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तामाझ नयाँ उत्पादन नेविको  बटर र नुनिलो स्वादमा जिरा कुकिजको बिक्री वितरण शुरु गरेको हो । नेविकोले ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने उद्देश्यले आफ्नो नयाँ नयाँ उत्पादन बजारमा ल्याएको हो । सोही [&hellip;]</p>

काठमाडौं । नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी नेविको प्रा.लि.ले पोखराबाट नयाँ उत्पादनकाे बिक्री शुरु गरेको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तामाझ नयाँ उत्पादन नेविको  बटर र नुनिलो स्वादमा जिरा कुकिजको बिक्री वितरण शुरु गरेको हो ।

नेविकोले ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने उद्देश्यले आफ्नो नयाँ नयाँ उत्पादन बजारमा ल्याएको हो । सोही अवसरमा कम्पनीका म्यानेजर प्रकाश कार्कीले स्थापनाको ५५ वर्षमा ५५ थरिका विस्कुट बजारमा ल्याएको बताएका छन् ।

कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले बालाजू र भैरहवाबाट उत्पादन भैरहेको बिस्कुटलाई देशैभरि पुर्याउने प्रतिवद्धता गरेका छन् । साथै, उनले सामाजिक उत्तरदायित्व अन्तर्गत ४० प्रतिशत बजेट छुट्याएर अनाथालय र वृद्धाश्रमलाई सहयोग गरेको बताएका छन् ।

यसैगरी नेविकोले चार प्रकारका कुकिज छिट्टै नेपाली बजारमा ल्याउने जानकारी दिएको छ ।

Share News