
काठमाडौं । सन्राइज बैंक लिमिटेडले ४३औं शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा विस्तार गरी सेवा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यले उक्त स्थानमा नयाँ बैंकिङ्ग सेवा विस्तार गरेको हो ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन मोलुङगाउँपालिका अध्यक्ष रामकाजी तामाङ्ग र बैंकका प्रदेश १का प्रतिनिधी पुर्णबहादुर थापाले संयुक्त रुपमा गरेका छन् ।
साथै, बैंकले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् ।
बैंकले हालसम्म १२९ वटा शाखा, ४३ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।