
काठमाडौं । कुमारी बैंक लिमिटेडले कास्कीको छोम्रोंगमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन् ।
बैंकले कास्की जिल्लामा ३ शाखाहरु-पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताएका छन् ।
बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ ।
बैंकले हाल ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।