एनआईसी एशिया बैंकको थप शाखा काठमाडौंको ढुङ्गेधारामा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारास्थित नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४०६ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारास्थित नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले गरेका छन् ।

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News