पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्ने तयारीमा डीएभी विद्यालय

<p>काठमाडौं । ५–दीवसिय आनुभविक शिक्षण कार्यशालाको समापन भएसँगै डीएभी विद्यालयले आगामी शैक्षिक सत्र देखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणली भित्र्याउने निर्णय गरेको छ । विद्यालयका अध्यक्ष अनिल यस पद्धति कक्षा नर्सरी देखि कक्षा १२ सम्म अवलम्बन गरिने विद्यालयका अध्यक्ष अनिल केडियाले बताएका छन् । नेपालमा डी.ए.भी. विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ । ५–दिवसिय शिक्षण [&hellip;]</p>

काठमाडौं । ५–दीवसिय आनुभविक शिक्षण कार्यशालाको समापन भएसँगै डीएभी विद्यालयले आगामी शैक्षिक सत्र देखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणली भित्र्याउने निर्णय गरेको छ । विद्यालयका अध्यक्ष अनिल यस पद्धति कक्षा नर्सरी देखि कक्षा १२ सम्म अवलम्बन गरिने विद्यालयका अध्यक्ष अनिल केडियाले बताएका छन् । नेपालमा डी.ए.भी. विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ ।

५–दिवसिय शिक्षण कार्यशाला नसकिदै डीएभी. विद्यालयले दी प्रोटेजी ग्रुपसँग तीन वर्ष सम्म आनुभविक पद्धतिको अवलम्बन, मुल्याङ्कन र शुदृढीकरणको लागि साझेदार गर्ने निर्णय समेत गरेको हो । दी प्रोटेजी ग्रुपका मुख्य प्रशिक्षक जोएल. एस. गोडि र सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करिब १७ वर्षको अध्ययन र अनुसन्धान बाट थ्री डि इ ई फ्रेमवर्कको आनुभविक शिक्षण पद्धती र सीएफपि (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्ष समेत शिक्षकहरूलाई हस्तान्तरण गरेका छन् ।

मुख्य प्रशिक्षक गोडिले भने–‘अनुभव देखि ज्ञान बाड्ने प्रकृया पार गर्दा मानिसहरूको सिक्ने क्षमता ६० प्रतिशतदेखि ९९ प्रतिशत सम्म पुग्दछ’ । प्रशिक्षणको तेस्रो दिन किन्डरगार्टेन देखि कक्षा आठसम्मका अभिभावकहरूलाई समेत सहभागी गराईएको थियो ।

डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले नेपालमै यस प्रकारको शिक्षण पद्धति अवलम्बन गर्नु युगान्तकारी कदम रहेको जनाउँदै उनले डीएभी विद्यालय परिवर्तित समय र युगको आवश्यकतालाई सम्बोधन गर्न सदैव तयार रहेको बताएकी छन् ।

Share News