काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती उच्च माद्यामिक विद्यालयको दोस्राे दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । कलेजका अध्यक्ष केडिया र ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले समाराेहकाे उद्घाटन गरेका हुन् ।
उक्त समाराेहमा कलेजका बीबीए तर्फका ६४ र बीबीएस तर्फका ३९ जना गरी १०३ जना विद्यार्थी दीक्षित भएका थिए । उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो
कलेजका अध्यक्ष अनिल केडियाको सभापतित्वमा भएको समारोहमा स्याकार कम्पनीका अध्यक्ष एवं ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले अध्ययनकालका आफ्ना अनुभव सुनाउदै विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राखेका थिए । साथै, देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौती समेत भएकाले देशमै केही गर्न विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।
उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो ।