हुन्डाई भेन्यु डिजिटल अभियानका पाँच विजेताको नाम घोषणा, दुईले जिते डोमेस्टिक र इन्टरनेसनल ट्रिपको प्याकेज

<p>काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानका पाँच भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । जसमध्ये लक्की ड्र मार्फत दुई भाग्यशाली विजेता छानिएका छन् । छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् । त्यस्तै,  बसन्त कुमार श्रेष्ठ,सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन [&hellip;]</p>

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानका पाँच भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । जसमध्ये लक्की ड्र मार्फत दुई भाग्यशाली विजेता छानिएका छन् ।

छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् । त्यस्तै,  बसन्त कुमार श्रेष्ठ,सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । विजेताहरुले आफ्ना जोडिका लागि पोखरा/ चितवन/नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।

हुन्डाई भेन्युको प्रवर्धनका लागि आयोजना गरिएको अभियानमा ‘ स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १ सय ६ प्रतियोगीहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७ सय १६ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

स्पट भेन्यु खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नुपर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा ह्याज हुन्डाइ, ह्याज इन्टरनेशनल डेस्टिनेशन (सिंगापुर /मलेसिया /थाइल्याण्ड/ दुबई) र ह्याज डोमेस्टिक डेस्टिनेसन मा ( पोखरा /चितवन /नगरकोट /धुलिखेल) उल्लेख गर्नुपर्ने थियो ।

त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगीहरुले नेपालभरी रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए ।

हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा विक्री वितरण शुरु गरिएको थियो । अटोमोवईल बजारमा राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आईसीओटि. वाई २०२० को अन्तर्गत भारतीय कार अफ दि ईयर अवार्ड पनि प्राप्त गरेको छ ।

Share News