ठेक्का सम्झौता अगावै नुवाकाेटमा दुई विद्यालय हस्तान्तरण

<p>नुवाकाेट । २ वटा विद्यालय भवन पुर्ननिर्माणको जिम्मा लिएको भ्याली गौरा कन्ट्रक्सनले ठेक्का सम्झौता अगाडि नै दुई विद्यालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । ककनी, जुरेस्थित २ करोड ६६ लाख ८४ हजार लागतमा बनेको नवदुर्गा भवानी निमावि र केउरेनीस्थित ५ करोड ३३ लाख ८४ हजार लागतमा बनेको श्री नवजीवन माविको पुस ११ गते केन्द्रीय [&hellip;]</p>

नुवाकाेट । २ वटा विद्यालय भवन पुर्ननिर्माणको जिम्मा लिएको भ्याली गौरा कन्ट्रक्सनले ठेक्का सम्झौता अगाडि नै दुई विद्यालय निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

ककनी, जुरेस्थित २ करोड ६६ लाख ८४ हजार लागतमा बनेको नवदुर्गा भवानी निमावि र केउरेनीस्थित ५ करोड ३३ लाख ८४ हजार लागतमा बनेको श्री नवजीवन माविको पुस ११ गते केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) का आयोजक निर्देशक चुडामणी पौडेलबाट उद्घाटन गरी हस्तान्तरण भएकाे हाे ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र भ्याली गौरा जे.भीबीच २०७५ असार १० र भदौ १५ गते ठेक्का सम्झौता भएको थियो ।

कम्पनीले नुवाकोट जिल्लामा वि.सं. २०७२ सालको महाभूकम्पमा भत्किएका १९ विद्यालय भवन पुर्ननिर्माणको जिम्मा लिएको मध्ये ककनीका दुई विद्यालय सम्झौता अगावै सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

यस कम्पनीले नुवाकोटमा पुर्ननिर्माण गरिरहेका १९ विद्यालय मध्ये ८ वटा विद्यालयको निर्माण कार्य समय भन्दा अगावै सम्पन्न भइसकेको छ र निर्माणधीन अन्य विद्यालय पनि सम्झौता समयभन्दा अगाडि नै सक्ने अवस्थामा रहेको छ ।

Share News