काठमाडौं। भक्स्वागन नेपालको लागि अधिकारिक विक्रेता रहेको पूजा ईन्टरनेसनलले ‘ भक्स्वागन विन्टर अफर’ ल्याएको छ। जाडो र नयाँ वर्षको आगमनसँगै पूजा ईन्टरनेसलले ‘भक्स्वागन विन्टर अफर’ को ल्याएको हो।
यो अफर डिसेम्बर २५ देखी जनवरी १५ सम्म रहने कम्पनीले जनाएको छ।
यो अफर अन्तर्गत ग्राहकहरूले जर्मन टेक्नोलोजीको एक साँचो मास्टरपिसको स्वामित्व पाउनुको साथै आकर्षक नगद छुट, एक वर्ष नि: शुल्क बीमा, सजिलो वित्त र एक्सचेन्ज सुविधा, विदेश यात्रा, आगामी वर्षको सडक कर निशुल्क नेपालभरको भोल्क्स्वागनको सोरुमबाट २ वर्षको लागि असीमित किलोमिटर वारेन्टी रहेको छ।
भक्स्वागनका कारहरू यसको उच्च गुणस्तर र यसको स्टाईल (निर्माण गुणवत्ता, सुरक्षा मानक, प्रदर्शन, आराम र शक्ति) को लागि परिचित छ। भक्स्वागनकाे विभिन्न आकारका कम्प्याक्ट, सानो र मध्यम आकारको यात्री कारहरू रहेका छन्।