४५० भन्दा बढी निशान किक्स नेपालका सडकहरुमा, ग्राहकले पाउने भए ५ लाख बराबरको अफर

<p>काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष लाभ सहितको योजना लिएर आएको छ। निशान किक्स नेपाली बजारमा भित्रिएको केही महिनामै ग्राहकहरुको मन र विश्वास जित्न सफल भएको छ। यस अवसरमा किक्सले सम्पूर्ण ग्राहकहरुलाई आकर्षक अफरहरु ल्याएको हो [&hellip;]</p>

काठमाडौं । नेपालका लागि निशान र ड्याटसनका गाडीहरुको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपालभरी ४५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष लाभ सहितको योजना लिएर आएको छ।

निशान किक्स नेपाली बजारमा भित्रिएको केही महिनामै ग्राहकहरुको मन र विश्वास जित्न सफल भएको छ। यस अवसरमा किक्सले सम्पूर्ण ग्राहकहरुलाई आकर्षक अफरहरु ल्याएको हो ।

यो अफर मार्फत ग्राहकहरुले लगभग रु ४ लाख ५० हजार बराबरको लाभहरू पाउन सक्नेछन। यसै अन्तर्गत मुख्यतः रु २ लाख ५० हजार सम्मको भारी नगद छुट, एक लाख रुपैंया बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जी बि) पाउनेछन् ।

अन्य उपहार स्वरुप ग्राहकहरूले निःशुल्क बश्चको हाई प्रेशर वाशर एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निःशुल्क गाडी सरभिसिंगको सुविधा पाउनेछन्। यस योजनाका केही सर्तहरु भने लागु हुनेछन्।

Share News