सनराइज बैंकको नवलपुरमा दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

<p>काठमाडौं । सनराइज बैंकले नवलपुरमा दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा मदनपुरको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले नवलपुरमा दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा मदनपुरको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेमप्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयको प्रधान अध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रmपमा एक समारोहकाबीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सीले बैंकले कृषिक्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंक मार्फत उक्त कामहरु गर्ने प्रतिवद्ता गरेका छन् ।

बैंकले हालसम्म १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटीएममार्फत आफ्नाकरिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News