सिद्धार्थ बैंकको नँया शाखा लुम्बिनीमा, एकैदिन चार शाखाको उद्घाटन

<p>काठमाडौं । सिद्धार्थ बैंकले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको उद्घाटन गरेको छ । बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर श्रीबेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढीगाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको उद्घाटन गरेको छ ।

बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर श्रीबेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढीगाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको उद्घाटन लहान नगरपालिकाका मेयर मुनिशाह सुडीबाट भएको थियोे । बैंकले दुहबी शाखा गत २०७५ फागुन २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कार्तिक १५ गते र लहान शाखा गत २०७५ वैशाख २३गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

उक्त लुम्बिनी शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७६ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजाएटिएम कार्ड सेवाकामार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News