
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालको विभिन्न सेवा छुट पाउने भएका छन् । दुई संस्थाबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन् ।