पुस ९ गतेदेखि ‘द काठमाडौं ट्रेड सो २०१९’ हुँदै, विभिन्न देशका १५० स्टल राखिने

<p>काठमाडौं । डेलीरोलिङ मिडिया एण्डइभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटिमण्डप प्रर्दशनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहने छन् । यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ । [&hellip;]</p>

काठमाडौं । डेलीरोलिङ मिडिया एण्डइभेन्ट्सले यही पुस ९ गतेदेखि १३ गतेसम्म काठमाडौंको भृकुटिमण्डप प्रर्दशनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्त मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहने छन् । यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ ।

नेपालमा निर्मित तथा अयातित वस्तुहरुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तीय लेनदेनलाई अझ फाईदाजनक बनाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ । लत्ता कपडा, खाद्यान्न, घरायसी सरसमानदेखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन् । सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धित कार्यक्रम पनि यस मेलामा हुनेछन् ।

क्रिसमसको बेला परेकाले र दर्शकहरुको संख्यामा उल्लेखनीय वृद्धि गर्ने उद्देश्यले मेलालाई रङ्गीचङ्गी झिलिमिलि सझाउनका साथै मेलालाई बेलुकाको ८ बजेसम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिक कार्यक्रमको समेत आयोजना गरीने छ । मेलापुर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजक मध्यका एक धिरज ढकालले जानकारी दिएका छन्

पर्यटन प्रवद्र्धनकालागि केही स्टलहरु सहुलियत मूल्यमा बिक्री गरी नेपालको भेषभुषा, मौलिक खाद्यान, संस्कृति र मौलिक सर सामानको प्रदर्शनीपनि यस मेलामा समावेश हुनेछन् । काठमाडौं र सिङ्गो नेपालको कला संंस्कृति भेषभुषा रहन सहन अनुसारको व्यापार व्यावसाय गरे अझ फाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइकल्चर’को ढाँचामा आयोजना गर्न लागिएको अर्का आयोजक रोसन अधिकारीले बताए ।

यस मेला रोलिङ मिडिया एण्ड इभेन्टले आयोजना गरेको छ भने डीएन/इभेन्टस् इन्टर्डक्सन ट्रेड स्वोनले सह आयोजना गरेका छन् । साथै, अधिकारी क्रिएटिभ कन्सर्न, भिलेज क्याफे, अल्ट्रा सोलार, सभा नेपाल, गोफी, भिरजेन्स/ट्रिकोटले सहयोेग गरेका छन्।

Share News