टीसीएलको एण्ड्रोइड स्मार्ट टिभी नेपाली बजारमा

<p>काठमाडौं । टिभी ब्राण्ड कम्पनी टिसीएलले नयाँ उत्पादन एण्ड्रोइड स्मार्ट टिभी नेपाली बजारमा भित्र्याएको छ । टिसीएलले ६५ इन्चमा पी८एम र पी८एस गरी दुई मोडल नेपाली बजारमा भित्राएको हो । आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टिसिएलले पी८एम र पी८एस गरी दुई छुट्टा छुट्टै स्मार्ट टिभीका मोडल नेपाली बजारमा भित्राएको हो । दुवै टिभीहरु ६५ इन्चमा [&hellip;]</p>

काठमाडौं । टिभी ब्राण्ड कम्पनी टिसीएलले नयाँ उत्पादन एण्ड्रोइड स्मार्ट टिभी नेपाली बजारमा भित्र्याएको छ । टिसीएलले ६५ इन्चमा पी८एम र पी८एस गरी दुई मोडल नेपाली बजारमा भित्राएको हो ।

आफ्नो उत्पादनको क्रमलाई निरन्तरता दिँदै टिसिएलले पी८एम र पी८एस गरी दुई छुट्टा छुट्टै स्मार्ट टिभीका मोडल नेपाली बजारमा भित्राएको हो । दुवै टिभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै ४के यूएचडी अन्तर्गत रहेका छन् ।

एनरोइड(पी९.०), भ्वाइस सर्च, गुगल असिस्ट्यान्ट, गुगल प्ले स्टोर, नेटफिल्क्स, युट्युब र टी जोन जस्ता विशेषता यस एनरोइड टिभीमा पाईन्छ । डीटीएस, प्रिमियम साउन्ड, डोलबाई अडियो, ब्ल्यिुटुथ अडियो जस्ता यसका साउण्ड क्वालिटी रहेको छ ।

स्मार्ट टिभीको उत्पादन ९० को दशकमा भएको पाइन्छ, तर स्मार्ट टिभी के हो यकिनन व्याख्या भने कसैले गरेको देखिदैन । टिभीमा इन्टरनेटको प्रयोग गर्न मिल्ने विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जतीजतीनयाँ स्मार्ट टिभीहरु उत्पादन हुन्छन् त्यतिनै नयाँ टिभीका एप्लिकेसनहरु अपग्रेड भएर आएका हुन्छन् । त्यसैले टिभीको स्मार्ट फिचरहरु पनि विभिन्न भर्सनमा आउने गर्दछ ।

Share News