चितवनकाे सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालन

<p>काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो । सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको र स्क्रिन १ मा १४३, २ मा २१९ सिट रहेको जानकारी दिएका छन् । साथै, चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा [&hellip;]</p>

काठमाडौं । चितवनको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालनमा आएको छ । भरतपुर हाइटस्थित सिजी ल्यान्डमार्कमा यही शुक्रबारबाट सञ्चालनमा आएको हो ।

सिनेप्लेक्सका सञ्चालक कमल चौधरीले अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन भएको र स्क्रिन १ मा १४३, २ मा २१९ सिट रहेको जानकारी दिएका छन् ।

साथै, चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले बताए ।

Share News