साङ्लो ग्रुपको प्रथम साधारण सभा सम्पन्न

<p>माटो सँग मिल्न सक्ने नन् ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै उत्पादनलाई बजार विस्तारमा विशेष जोड दिने निस्कर्ष पनि निकालेको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र [&hellip;]</p>

माटो सँग मिल्न सक्ने नन् ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै उत्पादनलाई बजार विस्तारमा विशेष जोड दिने निस्कर्ष पनि निकालेको छ ।

संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र ज्येष्ठ सेयर सदस्य ढगप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा स्वागत मन्तव्य राख्दै सेयर सदस्य बेद प्रसाद न्यौपानेले साङ्लो बनाएर अगाडी बढ्ने उद्देश्यले सञ्चालित उद्योगको बजार विस्तारमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु पर्ने बताए । न्यौपानेले वातावरणीय सौन्दर्यमा उद्योगले महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्दै सबै सेयर सदस्यका प्रतिनिधित्वमूलक एक एक उद्योग स्थापना गर्न सक्ने गरी अगाडी बढ्नु पर्ने बताए ।

संस्थाका सेयर सदस्य विश्वराज बरालले उद्योग कलकारखानामा लगाईएको लगानीले तत्कालै प्रतिफल दिन सक्ने अवस्था नहुने बताउँदै निरन्तरता नै सफलता प्राप्त गर्ने मुख्य आधार भएकोले धैर्य गरेर कार्यप्रति ईमान्दारितापूर्वक लाग्नु पर्ने बताए ।  उनले तीव्र अस्वस्थ्य प्रतिस्पर्धा बजारको मुख्य समस्या रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कन्जुस्याई गर्न नहुने धारणासमेत  व्यक्त गरेका छन् ।

सेयर सदस्य अमृत भट्टराईले सञ्चालन गरेको सभामा अध्यक्ष खिमानन्द भुषाले कम्पनीको सम्पूर्ण आयव्यय विवरण तथा पुँजीगत संरचनाको बारेमा सभालाई जानकारी गराउँदै बजार अवस्थामा संस्थाले खेलेको भूमिकामा सेयर सदस्यहरुलाई प्रष्ट पारेका थिए । अध्यक्ष भुषालले जनशक्ति तथा पूर्वाधार विकास, उच्च गुणस्तरिय सेवा, उस्तै प्रकृतिको उत्पादनमा अध्यन तथा उत्पादन सुरु लगायतका तीन वटा भावी योजनाहरुलाई सभामा राखेका थिए । चार करोड लगानीमा सञ्चालन भएको उद्योगले मासिक २४ टन भन्दा बढी उत्पादन गर्दै आएको छ ।

Share News