प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

<p>काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस [&hellip;]</p>

काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस सेन्टरमा भइरहेको छ ।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

Share News