
काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रमा अवस्थित श्री भिमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बिच उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।
संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५औ वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा श्री कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ प्रदान गरेको थियो ।