
काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंक शाखा विस्तारमा आक्रमक बन्दै आएको छ । बैंकले सोमबार मात्रै काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।
बैंकले काठमाडौंको बोहोराटार, खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको हाे । बोहोराटार शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेले गरेको छन् । खसीबजार शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाले, माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले, नरेफाँट शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले गरेका छन् ।
त्यस्तै, पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीले र स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका छन् । यी सबै शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो हुने बैंककाे विश्वास छ ।
हाल बैंकको ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसका साथै, मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।