चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

<p>काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । ५२ वर्षका भट्टराई वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए । उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उनको अहिले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिएका [&hellip;]</p>

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ ।

५२ वर्षका भट्टराई वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए । उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।

उनको अहिले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिएका छन् ।

भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

Share News