
काठमाडाैं । ह्वावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेको आफ्नै इन्टेलिजेन्ट इकोसिस्टम वावे मोबाइल सर्भिसेसयुक्त (एचएमएस) ह्वावेको पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स श्री तथा फ्रिल्यान्सजस्ता बेयरेबलहरू आइतबार सार्वजनिक गरेको हो ।
ह्वावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको ह्वावे कन्ज्युमर बिजनेस रुपको एक हिस्सा ह्वावे नेक्स्ट अर्थात ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) को बारेमा प्रकाश पारिएको थियो । ह्वावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्धारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ ।
ह्वावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर ह्वावे मोबाइल क्लाउड, बावे थिमहरू, ह्वावे म्युजिक, बावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिक तथा अन्य धेरै रहेका छन् । ह्वावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्र तीन अर्ब अमेरिकी डलर र तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ ।
अब दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको छ । अहिलेसम्म १ सय ७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको बताइएको छ । प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री, उच्च स्तरको फोटो र भिडियो खिच्ने, ४० एमपी सुपर सेन्सिङ क्यामरा, एमपीको टेलिफोटो क्यामरा तथा श्रीडी डेप्य सेन्सिङ क्यामरा जडित छ।
मूल्य कति पर्छ ?
ह्वावे मेट ३० प्रोको एक लाख २९ हजार ९ सय, हाइवे वाच जीटी टु ४६ एमएमको २९ हजार ९ सय, ह्वावे ब्याण्ड फोरको ४ हजार ४ सय, ह्वावे ब्याण्ड फोर ईको ३ हजार ४ सय, ह्वाई फ्रि बड्स थ्रीको २० हजार ९ सय, ह्वावे फ्री लेसको ९ हजार ९ सय मूल्य रहेको छ ।
हवावे विश्व बजारमा दोस्रो ठलो स्मार्टफोन सप्लायर हो । अक्टोबरसम्म २०० मिलियन यनिटहरू निर्यात गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वद्धि भएको हो । 