
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत क्वालिटि प्रोडक्ट रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ ।
अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ । जापानीज टेक्नोलोजीद्धारा निर्मित सेन्सेई ब्राण्डले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ ।