
काठमाडौं । छ्याङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्ष ग्रुपले तारागोब तिबेत छ्याङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छ्याङ्ग उपभोक्तामाझँ बजारमा ल्याएको छ । बार्ली छ्याङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो ।
तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छ्याङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद अनुसार रहेको छ । ३५० एमएलको क्यानमा पाईने यो १.५ प्रतिशत अल्कोहल रहेको छ्याङ्गको १२५ रुपैयाँ र १० प्रतिशत अल्कोहल रहेको छ्याङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् ।
अन्तर्राष्ट्रियस्तरको छ्याङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको पूर्ति गर्न आकर्ष ग्रुपले बजारमा ल्याएको हो । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्री वितरण शुरु हुने भएपनि नेपाल भरी भने केहि समयमै शुरु हुने छ ग्रुपले जनाएको छ ।